वि.स. २०६२।६३  को जन आन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरि मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानूनी रुपमा मुलुकलाई संघीय संरचनामा लगेकोले ७ वटा प्रदेशहरु कायम रहन गएको सन्दर्भमा प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालयहरु कायम रहने व्यवस्था अनुसार यो मन्त्रालयको स्थापना २०७४ ।१० ।२२  गते भएको हो ।

नेपालको संविधानको अनुसूची-६ मा प्रदेशको अधिकारहरु सूचिकृत गरिएको साथै प्रदेश सरकार (कार्यविभाजन) नियमावली,२०७४ को अनुसूचि-२ को बुदा नं. ६ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७ वटा क्षेत्रहरुमा ६२ वटा कार्यजिम्मेवारीहरु तोकिएको छ । 

मूलतः यस मन्त्रालयले संविधानको अनुसुचीमा व्यवस्था भएका संघ र प्रदेशको साझा अधिकार¸ संघ¸ प्रदेश र स्थानीय तहको साझा अधिकार र प्रदेशको एकल अधिकार क्षेत्रका उद्योग¸ पर्यटन¸ आपूर्ति¸ वाणिज्य, विज्ञान प्रविधि, वन तथा वातावरण संग सम्बन्धित विषयमा नीति निर्माण गर्ने केन्द्र सरकार र स्थानिय तह बिच समन्वय र सहकार्य गर्दै प्रदेश सम्बृद्धिका लागि औधोगिकिरणमा जोड दिने पर्यटन क्षेत्रको विकास र विस्तार गरि नँया नँया रोजगारीको अवसर सृजना गर्ने¸ वनको दिगो व्यवस्थापन गरि वातावरण संरक्षणमा जोड दिनु ,बन पैदावार जन्य  एवम दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्ति व्यवस्थापन गर्नु समेत यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन ।