१ |
व्यापार/बाणिज्य र बजार प्रतिष्पर्धा सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजनाको तर्जुमा, कार्यान्वयन एवम् नियमन र सिन्डिकेट तथा कार्टेलिङ नियन्त्रण |
२ |
प्रादेशिक व्यापार सम्बन्धी पूर्वाधार निर्माण, प्रवर्द्धन, सहजीकरण, बजार अनुगमन, समन्वय, तथ्याङ्क प्रणाली, बौद्धिक सम्पत्ति संरक्षण, अध्ययन तथा अनुसन्धान र नियमन |
३ |
ढुवानी/परिवहन प्रणाली तथा कार्गो व्यवस्थापन |
४ |
नेपाल सरकारको सहमतिमा आर्थिक तथा औद्योगिक विषयका करारजन्य सम्झौता |
५ |
व्यापारिक फर्महरुको दर्ता¸ नवीकरण, खारेजी र नियमन |
६ |
खानी तथा खनीज पदार्थको अन्वेषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन र नियमन एवम् पूर्वाधार विकास, अनुसन्धान, सर्वेक्षण, लगत संकलन, अभिलेखाङ्कन, अन्वेषण, उत्खनन, प्रादेशिक प्रयोगशालाको स्थापना तथा सञ्चालन र संघसंग समन्वय |
७ |
भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा सम्बन्धी |
८ |
प्रदेशका कलकारखाना र औद्योगिकीकरण सम्वन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
९ |
उद्योग दर्ता, अनुमति, नवीकरण एवम् खारेजी र औद्योगिक विकास तथा औद्योगिक व्यवसायको प्रवर्धन र नियमन |
१० |
प्रदेशस्तरको उद्योग क्षेत्रको भौतिक पूर्वाधार विकास सम्वन्धी योजना तर्जुमा र कार्यान्वयन तथा औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र विस्तार |
११ |
औद्योगिक वस्तुको निर्यात प्रवर्द्धन |
१२ |
सार्वजनिक सेवा, अत्यावश्यक सेवा र वस्तु आपूर्ति सम्वन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
१३ |
उपभोक्ता हक अधिकार संरक्षण तथा प्रवर्द्धन, उपभोक्ता जागरण कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन |
१४ |
मूल्य र कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण एवं नियमन |
१५ |
संघीय मापदण्ड अनुसार स्ट्याण्डर्ड वर्गीकरण, गुणस्तर परीक्षण र नियमन |
१६ |
उपभोक्ता अदालत गठन र सञ्चालन |
१७ |
अत्यावश्यक वस्तुहरुको प्रादेशिक माग र आपूर्ति सम्वन्धी सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था, मौज्दातको व्यबस्था र आपूर्तिमा अन्तरप्रादेशिक र स्थानीय तहबीच समन्वय |
१८ |
लक्षित क्षेत्र र वर्गका लागि वस्तु र सेवामा प्रादेशिक अनुदान र नियमन |
१९ |
करार, साझेदारी र एजेन्सी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन |
२० |
संघसँगको समन्वयमा कम्पनी स्थापना सम्बन्धी नीति तथा कानून तर्जुमा तथा कार्यान्वयन, नियमन र कम्पनी प्रशासन |
२१ |
दामासाहिमा परेका उद्योग, व्यवसायिक कम्पनी तथा फर्म व्यवस्थापन सम्बन्धी नीति कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
२२ |
प्रदेशस्तरमा हानिकारक पदार्थहरुको नियमन तथा व्यवस्थापन |
२३ |
प्रदेशस्तरमा इन्धनको गुणस्तर अनुगमन |
२४ |
संघीय कानुन बमोजिम क्यासिनो तथा चिठ्ठा दर्ता, अनुमति र नियमन सम्बन्धी |
२५ |
प्रदेशभित्रका उद्योगहरु र साना, मझौला, घरेलु तथा लघु उद्योगहरु स्थापना र प्रवर्द्धन सम्बन्धमा नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
२६ |
औद्योगिक तथा व्यापार प्रदर्शनीको आयोजना तथा व्यवस्थापन |
२७ |
उद्योगमा श्रममूलक प्रविधि र स्वदेशी श्रमिकको उपयोग |
२८ |
स्वरोजगारका लागि उद्यमशीलता विकास, प्रशिक्षण, सहुलियत कर्जा र व्यवसाय प्रवर्द्धन सहायता |
२९ |
प्रादेशिक पर्यटन विकासको नीति, कानून, मापदण्ड र योजना निर्माण, पुर्वाधार विकास, प्रवर्द्धन र नियमन |
३० |
पर्यटक प्रहरी व्यवस्थापन |
३१ |
पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी, गाईड, र्याफ्टिङ्ग आदिको दर्ता, अनुमति, नवीकरण र नियमन |
३२ |
प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन |
३३ |
वन्यजन्तु र वन पैदावार ओसारपसार सम्वन्धी नियमन र अपराध नियन्त्रण |
३४ |
वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङ्ग्रहालय व्यवस्थापन |
३५ |
प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन |
३६ |
जैविक विविधता पार्क, हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन |
३७ |
जडिबुटी खेती प्रविधि प्रर्वद्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा, तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्यांक संकलन |
३८ |
वन तथा वातावरण सम्बन्धी बिषयमा प्राविधिक सूचना तथा सेवा प्रबाह |
३९ |
वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धी नीति, समन्वय र सहयोग |
४० |
प्रदेशस्तरका वनस्पति उद्यान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्वन्धी नीति र व्यवस्थापन |
४१ |
प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थपन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँड |
४२ |
प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीति, प्रविधि विकास, व्यवस्थापन |
४३ |
प्रदेशभित्र भूस्खलन नियन्त्रण |
४४ |
प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन |
४५ |
प्रदेशस्तरमा वातावरण सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन |
४६ |
प्रदेशस्तरमा वातावरणीय सूचना प्रणालीको स्थापना |
४७ |
प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार |
४८ |
प्रदेशस्तरमा वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन |
४९ |
प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा बिद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियन्त्रण |
५० |
प्रदेशस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन |
५१ |
प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन |
५२ |
प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धि, वातावरणीय सुशासन तथा परीक्षण |
५३ |
भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, बर्गीकरण, संरक्षण र व्यवस्थापन |
५४ |
संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण |
५५ |
अन्तरप्रदेशीय नदी उकास तथा सडक किनार वृक्षारोपण व्यवस्थापन |
५६ |
वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउबगैँचा स्थापना र व्यवस्थापन |
५७ |
प्रदेशभित्र वृक्षारोपण तथा सम्भार सम्वन्धी नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
५८ |
प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन |
५९ |
वन्यजन्तु र चराचुरुङ्गी सम्वन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
६० |
प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार, सो सम्बन्धी तथ्याङ्क संकलन, प्रशोधन र सर्वेक्षण र जनशक्ति विकास र उपयोग |
६१ |
वैज्ञानिक अध्ययन अनुसन्धान एंव विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकास |
६२ |
विज्ञान संग्रहालय र प्लानेटोरियमको स्थापना, सञ्चालन र व्यवस्थापन |